
भारतमा जारी खो खो विश्वकप २०२५ अन्तर्गत नेपालको पुरूष टोली पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलमा बंगलादेशलाई ६७-१८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।नेपालले अब फाइनल प्रवेशका लागि इरानसँग खेल्ने छ । सेमिफाइनल खेल शनिबार साँझ हुनेछ ।