
काठमाडौंको ठमेलबाट एक चिनियाँ नागरिकको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जना भारतीय नागरिकलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
चिनियाँ नागरिकलाई लिएर भारततर्फ जाँदै गरेको अवस्थामा मकवानपुरको भीमफेंदी बाट नियन्त्रणमा लिइएका उनीहरुलाई अनुसन्धानका लागि हिरासतमा राख्न बुधबार अदालतबाट अनुमति लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले बताए।