
१८ पुस, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली बिहीबार अपराह्न पार्टी बैठकलगत्तै पूर्वराष्ट्रपति विद्या भण्डारी भेट्न चपली निवास गए । प्रधानमन्त्री तथा पूर्वराष्ट्रपति दुवैतर्फका स्रोत भन्छन्, ‘अढाई घन्टा सौहार्द वार्ता भयो ।’ तर भेटघाटका पृष्ठभूमि भने धेरै सौहार्द छैनन्।
शीतल निवासमा कार्यकाल बिताएपछि पूर्वराष्ट्रपति भण्डारी फेरि एमाले अध्यक्ष बन्न चाहन्छिन् ।