
मकवानपुरमा आज बिहान दुईवटा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । भुईंमा लत्रिएको तारबाट करेन्ट लागेर र अटो रिक्साको ठक्करबाट एक–एक जनाको मृत्यु भएको हो ।
मनहरी गाउँपालिका–८ दारिमबास घर भएका ३८ वर्षीय मंगल सिङ प्रजाको बिहान करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घरबाट मनहरी बजारतर्फ ज्यामी काम गर्न जाने क्रममा उनलाई चुँडिएर भुईंमा लत्रिएको ११ हजार भोल्टेजको हाइटेन्सन तारबाट करेन्ट लागेको प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
