
बाराको गढीमाईमा लागिरहेको मेला तथा जनकपुरधाममा यही मङ्सिर १६ गतेदेखि सुरु हुने सीताराम विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाइने भएको छ । धार्मिक तथा ऐतिहासिक महत्वका दुवै महोत्सवलाई व्यवस्थित बनाउन मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक आज जनकपुरधाममा बसेको थियो ।
प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सुरक्षा समितिको बैठकमा मेलालाई व्यवस्थित तथा शान्तिपूर्णरुपमा सम्पन्न गर्ने विषयमा छलफल भएको गृह, सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्धवप्रसाद रिजालले बताए ।