
पुस १५ काठमाडौं । चन्द्रागिरी केबलकारको हाइड्रोलिक केबल फुट्दा हजारौँ यात्रु अलपत्र परेका छन् । हाइड्रोलिक केलब फुटेपछि सोमाबर दिउँसैदेखि केलबकारको सेवा रोकिएको हो ।
सोमबार दिउँसो साढे २ बजेदेखि केबलकार अवरुद्ध हुँदा घुम्नका लागि चन्द्रागिरी हिल्समा चढेका हजार जनाबढी सर्वसाधारण अलपत्र परेका हुन् ।
महागरीय प्रहरी बृत्त थानकोटका अनुसार केबलकारको पाइप फुटेपछि अड्किएका २२ वटा डब्बाका यात्रुलाई आपतकालीन प्रणालीमार्फत उद्दार गरेर तल्लो स्टेशनमा झारिएको बताएका छन् । माथिल्लो स्टेशनमा रहेका यात्रुलाई भने झार्न समस्या भएको छ। दिउँसोदेखि केबलकारमा आएको समस्या अझै समाधान भैसकेको छैन । फुटेको हाइड्रोलिक केबलको मर्मत जारी रहेको छ ।