
धनकुटाको चौविसेमा जन्मिएका गायक तथा लेखक मुरारी भण्डारीको नयाँ गित युट्युवमा सार्वजनिक भएको छ। मलाई थाहा छ तिमी कहाँ दुख्छ्यौ …बोलको गीत सार्वजनिक गरेका हुन् । मुरारी भण्डारी आलप 2020 मा सार्वजनिक गरिएको उक्त गीत छोटो समयमा नै लाखौं दर्शक स्रोता माझ पुग्न सफल भएको छ।
गायक भण्डारीका म घाइते यात्री, कहाँ जान लागेकि ए सुकुमारी …बोलका गित यस अघि नै बजारमा आइ सकेका छन् । यसै गरी गायक भण्डारीले बन्द किताब नामक उपन्यास मार्फत आफ्नो लेखकिय परिचय समेत बनाइ सकेका छन्।
कर्मथलो काठमाडौं बनाएका गायक भण्डारी लामो समयदेखि शिक्षण पेशामा आबद्ध छन्। उक्त गीत हेर्नका लागि मुरारी भण्डारी (आलप 2020) को युटुब च्यानलमा हेर्न सकिनेछ।