
साँस्कृतिक युवा समूहद्वारा निःशुल्क उद्घोषण तथा नृत्य तालिम सुरु गरेको छ। पुस २५ देखि नृत्य तालीम सञ्चालन गरेको हो भने उद्घोषण तालिम माघ २ देखि सुरु गरेको हो।

पूर्णरूपमा निःशुल्क रहेको तालिममा अनुभवी प्रशिक्षकबाट प्रशिक्षण गरिएको छ। बिहान दिउँसो बेलुका गरि तीन चरणमा बिभाजन गरिएको तालिममा २०० जनाको सहभागीता रहेको छ।


यसभन्दा अघि पनि युवाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले नृत्य, उद्घोषण भाषण कला, संगीत जस्ता कार्यक्रमहरू निःशुल्क रुपमा सञ्चालन गर्दै आएको साँस्कृतिक युवा समूहका अध्यक्ष बेचन लामाले मोर्डन स्टार अन्लाईनलाई बताए। वार्षिक रूपमा साँस्कृतिक युवा समूहको निःशुल्क तालिमबाट ७०० भन्दा बढी मानिसहरू लाभम्वित हुने गरेका छन्। यस वर्ष पनि निःशुल्क रूपमा ५०० भन्दा बढी व्यक्तिहरूले मौकाको फाइदा उठाइसकेका छन्।


स्थापना कालदेखि नै सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको उक्त संस्थाले यसपालि पनि युवा लक्षित कार्यक्रमको आयोजना गरेको साँस्कृतिक युवा समूहको कार्यालय चुचेपाटीले जनाएको छ।
