
सामाजिक सञ्जाल (फेसबुक)मा सस्तोमा आइफोन विक्रीमा रहेको भनेर झुटो विज्ञापन राखेर ठगेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएका २१ वर्षीय अजित भण्डारी, गोरखाका १९ वर्षीय विपिन मग्राति र नुवाकोट घर भएकी २१ वर्षीया मधु तामाङ छन् ।
फेसबुकमा विज्ञापन गरेर उनीहरुले क्युआरमा एडभान्स बापत रकम पठाउन लगाएर आइफोन डेलिभरी नगरीकन सम्पर्कविहीन हुने गरेका थिए । उनीहरूलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।