
Oplus_131072
सुस्मा लामिछाने
तिमी दोषी म पिडित, बारबार हुनुपर्छ,
मुद्दा चलाउ अदालतमा अब वारपार हुनुपर्छ।
फैसला तिम्रै पक्षमा, जित पनि तिम्रै होस्,
तिमीलाई माया गरेको अभियोगमा, मलाई कारागार हुनुपर्छ।।
मेरो लागि तिमी एउटा, तिम्रो हजार हुनुपर्छ
दिदै हिड्छ्यौ रे, सबैलाई माया तिमी त
तिम्रो सस्तो माया बिक्ने, बजार बजार हुनुपर्छ।
जस्तो भए पनि तिमी, म त तिम्रै दासी हो,
न पत्याए मलाई हेर न, म जस्तै एकैनासको सदाबहार हुनुपर्छ।।
जिन्दगी र सम्बन्धमा निकै बफादार हुनुपर्छ,
गर्छौ भने एक अर्कालाई माया,
कहिल्यै पनि न डकमकाउने दिवार हुनुपर्छ।
के भनौँ खै म, छेपारो झैँ रङ फेर्नेलाई।
घरी घरी थरी थरी हैन नि माया,
सम्बन्धमा सधै एकनासको व्यवहार हुनुपर्छ।
मनमा साँच्चै छ भने माया निस्वार्थको
सबैसामु छर्लङ्गग पार्ने इजहार हुनपर्छ।
सामर्थ्य हो ठूलो प्रेममा, प्रेम गछौं साँच्चै भने,
मदन प्रतिको हरेक मुनामा इन्तजार हुनुपर्छ।
जे गर्नु छ गर तिमी, गलत म हैन कदापी
डराउन पनि त मैले गर्ने सङ्कीर्ण व्यवहार हुनुपर्छ ।
अपाच्य भयो तिमीलाई भने, कानुन लगाउ मलाई
तिमीलाई माया गरेको अभियोगमा मलाई कारागार हुनुपर्छ।
लेखक सुस्मा लामिछाने नुवाकोट घर भइ हाल काठमाडौंको विश्वशान्ति चिनर-मिलन क्याम्पस स्नातक तह दोस्रो वर्षमा अध्यानगत छिन्।