
साँस्कृतिक युवा समूहको आयोजनामा सञ्चालन गर्दै आएको नि:शुल्क सार्वजनिक अभिव्यक्ति कला तालीमको आज शनिबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। पूर्व उपप्रधानमन्त्री सिपी मैनालीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो।

बेचन लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशेष अतिथि स्वतन्त्र देशभक्त मोर्चाका केन्द्रिय संयोजक दिनानाथ घिमिरे रहेका थिए। त्यसैगरी अतिथिमा सम्पर्क मञ्च केन्द्रका केन्द्रिय अध्यक्ष खेमराज शिवाकोटी, भुमी दर्ता सहयोग संस्थाका केन्द्रिय अध्यक्ष बलबहादुर केसी, अतिथि कृष्ण राना, विवेक वाईबा रहेका थिए।

प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री सिपी मैनालीले सरकारले गर्नु पर्ने काम साँस्कृतिक युवा समूहले गरेको हुँदा आयोजकलाई आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तेस्रो चरणको सार्वजनिक अभिव्यक्ति कला भोलि ११ गते देखि कक्षा सञ्चालन हुने छ।

प्रशिक्षकको प्रतिनिधित्व गर्दै प्रशिक्षक भावना राईले अभिव्यक्ति तालीम अवधिमा के के कुरा सिकाइ हुन्छ भन्ने बारेमा जानकारी दिनु भएको थियो।

कार्यक्रमलाई मनोरञ्जनमुलक बनाउन सरस्वती श्रेष्ठले कविता बाचन गर्नु भएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य श्रीधोज राईले गरेका थियोे भने कार्यक्रम संचालन कमला तोलाङ्गीले गरेकी थिइन्।

एक महिने नृत्य, गायन र सात दिने उद्घोषण कार्यक्रममा तीन सय भन्दा बढी व्यक्तिहरु तालिममा सहभागी रहेको आयोजकले जनाएको छ।

यसै वर्ष मात्र साँस्कृतिक युवा समूहले एक हजार भन्दा बढी व्यक्तिहरुलाई नि:शुल्क तालीम प्रदान गरिसकेको छ।


