
कीर्तिपुर नगरपालिकामा मंगलबार सार्वजनिक बिदा दिइएको छ ।
मंगलबारको दिन कीर्तिपुरमा स्थानीय परम्परा अनुसार सातगाउँले (न्हेगाँ) जात्रा लाग्ने गर्दछ । त्यसकै अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो ।
नगरपालिकाको आइतबार बसेको बैठकले मंगलबार नगरपालिकामा बिदा दिने निर्णय गरेको हो।