
साँस्कृतिक युवा समूहको आयोजनामा सञ्चालन गर्दै आएको नि:शुल्क सार्वजनिक अभिव्यक्ति कला तालीमको हिजो मंगलबार उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। माननीय राम प्रकाश चौधरीको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम सम्पन्न गरिएको हो।

बेचन लामाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विशेष अतिथिमा अभियानता तथा समाजसेवी राम बहादुर ठकुरी, युवा नेता राजु सुनार रहनु भएको थियो भने अतिथिमा भावना राई रहनु भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि माननीय राम प्रकाश चौधरीले सरकारले गर्नु पर्ने काम साँस्कृतिक युवा समूहले गरेको हुँदा आयोजकलाई आवस्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

त्यसै गरि विशेष अतिथिमा युवा नेता राजु सुनारले वर्तमान समय बोल्नेहरुको मात्र भएकाले अभिव्यक्ति कला तालिम महत्त्वपूर्ण रहेको बताउनुको साथै युवाहरूलाई प्रेरित गराउन जोसिलो मन्तव्य प्रस्तुत गरेका थिए। सैद्धान्तिक शिक्षाले मात्र नपुग्ने व्यावहारिक तथा जीवनउपयोगी सीप आवश्यक रहेको अर्ने हुँदा उक्त कार्यक्रम प्रभावकारी रहने समाजसेवी राम बहादुर ठकुरीले बताए।

चौथो चरणको सार्वजनिक अभिव्यक्ति कला तालीमको आज बुधबार देखि कक्षा सञ्चालन हुँदै छ।

कार्यक्रममा तारा राना मगरले स्वागत मन्तव्य राख्दै संस्थाले विगत लामो समय देखि युवाहरुलाई व्यक्तीत्व विकास गर्नको लागि विभिन्न कार्यक्रम सन्चालन गर्दै आउनका साथै युवाहरुलाई प्रोत्साहन गर्ने भएकाले तालिम एकदमै महत्वपूर्ण रहेको छ बताउनु भयो।

त्यसै गरि प्रशिक्षकको प्रतिनिधित्व गर्दै प्रशिक्षक भावना राईले अभिव्यक्ति तालीम अवधिमा के के कुरा सिकाइ हुन्छ भन्ने बारेमा जानकारी दिनु भएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य प्रेम कुमारी अधिकारीले राख्नु भएको थियोे भने कार्यक्रम संचालन भगवती थपलियाले गरेकी थिइन्।


एक महिने नृत्य, गायन र दस दिने उद्घोषण कार्यक्रममा तीन सय भन्दा बढी व्यक्तिहरु तालिममा सहभागी रहेको आयोजकले जनाएको छ।

यसै वर्ष मात्र साँस्कृतिक युवा समूहले तेह्र सय भन्दा बढी व्यक्तिहरुलाई नि:शुल्क तालीम प्रदान गरिसकेको छ।
कार्यक्रमका तस्वीरहरु




