
लेखक प्रेम जैरु (राममणी)
माया को रोग लाग्यो जांच गरिदिनुस् न डाक्टर साव !
पेट पोल्छ, मुटु दुख्छ अल्ट्रासाउन्ड अनि x-ray गरिदिनुहोस न डाक्टर साव !
निद्रामा झसङ्ग- झसङ्ग बिम्झी रहन्छु एउटा स्लीपिङ्ग ट्यबलेट दिनुहोस् न डाक्टर साव !
उनिलाई भुल्ने ओखती लेखिदिनुहोस् न डाक्टर साव।।
प्रेम जैरु एक कुशल पत्रकार, समाज सेवि साथै साहित्य प्रेमी व्यक्ति हुन । उनी दोलखा जिल्ला तामाकोसी गाउँपालिकामा जन्मेका हुन् । उनको बाल्यकाल दोलखामा नै बित्यो । करिब २०६२/६३ मा थप अध्यन र आफ्नो भविस्य बनाउन राजधानी काठमाडौं आएका थिए ।

सानै देखि मेहनती र लगनशील व्यक्तित्व भएका उनी स्कुलले जिवनमा पनि कथा, कविता,रचनाहरु लेखनमा रुचि राख्थे। नाच्न, गाउन तथा वक्तित्वकालामा सहभागी भै थुप्रै पुरस्करहरु पनि जितेको थिए। जैरु २०६७/६८ बाट सक्रिय रुपमा साहित्यमा लागेका हुन् । सुरु- सुरु उनका रचनाहरु छापा साहित्यिक पत्र पत्रीकामा आउथे । सामाजिक, राजनीतिक, माया प्रेम लगाएतका विषयमा गहन रुपमा शब्द चलाउन माहिर उनका रचनाहरु एक पछि अर्को स्रोता,पाठक र दर्शक सामु लोकप्रिय हुँदै गयो। (लेख तर्फ) अझै छ पुरानो, सफलताका शुत्र, बिरानो समाज खोइ मेरो सरकार, प्यरी चरी सरि, आमा, नुनिलो प्रेम आदि र (कविता/ मुक्तक) नुनको आशा, मेरि प्यारी, मेरो भ्रम, मलाइ प्यारो छ जन्मभुमि यी सबैले धेरै रुचाइएका थिए । हिम्मत गरे जीवनमा जे पनि गर्न सकिन्छ भन्ने उनी एक गतिलो उदाहरण युवा हुन् ।

उनी एक मेडिकल व्यवसायी पनि हुन् । उनले सामाजिक कार्य पनि गर्दै आएका छन्। भुकम्प, कोरोना लगाएतका बेला विभिन्न संघ सस्था व्यक्तिहरु सँँग सहकार्य गर्दै देशका दुर्गम ठाँउमा गएर त्यस् ठाउँको आवज पनि बनेका थिए। जस्तै : मकवानपुरमा रहेको चेपाङ बस्ती, बारा पर्सामा गएको बिनाशकारी हावाहुरि, कोभिड 19 को बेला उपत्यकामा भएका सुरक्षाकर्मीलाई स्वास्थ सामग्री लगाएतको वितरण गरेका थिए।

नयाँ कविता/ मुक्तक
डाक्टर साव!
माया को रोग लाग्यो जांच गरिदिनुस् न डाक्टर साव !
पेट पोल्छ, मुटु दुख्छ अल्ट्रासाउन्ड अनि x-ray गरिदिनुहोस न डाक्टर साव !
निद्रामा झसङ्ग- झसङ्ग बिम्झी रहन्छु एउटा स्लीपिङ्ग ट्यबलेट दिनुहोस् न डाक्टर साव !
उनिलाई भुल्ने ओखती लेखिदिनुहोस् न डाक्टर साव।।
रगतको जाँच गराए, सबै vital हरु पनि ठिक छ तर पनि किन बिसन्चो छु एक पटक फेरि राम्रो सँग जाँच गरिदिनुहोस् न डाक्टर साव !
माया भन्ने रोग के हो बताइदिनुहोस् न डाक्टर साव !
हजुर त सबै रोग पत्ता लगाउने विज्ञ हुनुहुन्छ
मेरो एउटै यो मायाको रोग पत्ता लगाइ दिनुहोस् न डाक्टर साव !
टाउकाे दुखी रहन्छ (पिटयूटरी ग्रन्थीमा) समस्या छ कि CT – Scan गरिदिनुहोस् न डाक्टर साव !
नसा-नसा शरीरको अङ्ग-अङ्गमा उनि बसेकी छिन
अहिले पनि उनको शरीरको ताप छ्दै छ।
बरु डिमेन्टिय जस्तो बिर्सने रोग लागाइदिनुहोस् न डाक्टर साव !
मिल्छ भने उनी बसेको मन, मुटुको अपरेसन गरिदिनुहोस् न डाक्टर साव !
माया को रोग लाग्यो जांच गरिदिनुस न डाक्टर साव !

बाध्यतामा
तिमिलाइ आफ्नो बनाउने मन छ बाध्यतामा
मन सँग मनको साइनो गाँस्ने मन छ बाध्यतामा
फुस्रो जिबनलाई रंगिन बनाउने मन छ बाध्यतामा
जिबनको नयाँ परिभाषा दिन मन छ बाध्यतामा
##
तिम्रा कन्धरा भित्रको मायाको पोको फुकाउने मन छ बाध्यतामा
तिम्रो साथमा बेहोसिन मन छ बाध्यतामा
माली हुँदाहुदै बगैंचाको फुल चुड्न मन छ बाध्यतामा
गन्तव्य बिहिन यात्रा गर्न मन छ बाध्यतामा
##
तिमी गुरु, अनि तिम्रो अनुयायी बन्न मन छ बाध्यतामा
प्रेम शास्त्र को प्रवचन सुन्न मन छ बाध्यतामा
प्रेमालिङ्गनले सम्बोधन गर्न मन छ बाध्यतामा
तिम्रै प्रतिबिम्ब बन्ने मन छ बाध्यतामा।