
७ माघ काठमाडौं। प्रेम र युद्धमा सबै थोक जायज हुन्छ भन्ने भनाइ मात्र हैन मायाको लागि आफ्नो ज्यान दिने मात्र हैन, आकाशको तारा पनि झार्न सकिन्छ भन्ने भनाइत प्रचलित नै छ। आफ्नो प्रेमिकाको लागि त्यस्तै हर्कत देखाएमा छन् एक प्रेमिले। उक्त रोचक घटना भारतको पंजाबबाट सार्वजनिक भएको हो।

एकजना प्रेमीले आफ्नो प्रेमिकालाई परीक्षा पास गराउन महिला भेषमा परीक्षा दिएको खुलासा भएको छ।
उनले हातमा चुरा लगाएका थिए, ओठमा लिपिस्टिक लगाएका थिए र कुर्ता–सुरुवाल लगाएर प्रेमिकाको ठाउँमा परीक्षा हलमा पुगेका थिए।

तर परीक्षा समयमा कडाइ गरिएको जाँचका कारण उनको यो योजना असफल भयो। परीक्षा केन्द्रका अधिकारीहरूले शंका गरेपछि उनलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । यो घटना अहिले सामाजिक सञ्जालमा निकै चर्चामा छ। कसैले यसलाई मजाकका रूपमा लिएका छन् भने कसैले यसलाई गलत भन्दै आलोचना गरेका छन्।