
Oplus_131072
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ र योगप्रेमी परिवार नेपालको आयोजनामा १०० घन्टे योग प्रशिक्षण सहयोगी तालिम सम्पन्न भएको छ। तालीम सञ्चालन गरेको ५६ औं दिनमा आज बालकुमारी माध्यमिक विद्यालयको हलमा एक कार्यक्रमको साथ तालिमको समापन गरिएको हो।

वडा -१२ वासीहरुका लागि सञ्चालन गरेको उक्त तालिममा ३८ जनाले योग प्रशिक्षक तालीमको फाइदा उठाउन सफल भएका छन्।

योग दर्शन, योग तथा प्राकृतिक चिकित्सा ,भोजन तथा पोषण शरीर रचना तथा कृया बिज्ञान र प्रयोगात्मक योग अभ्यास लगायतका विषयहरुमा कक्षा संचालन गरिएको सो प्रशिक्षणको बैशाख १९ गते समापन पुजा तथा बैशाख २० गते औपचारिक समापन गरिएको थियो ।

उक्त योग प्रशिक्षणमा डा. हरि प्रसाद पोखरेल, डा. सुमित्रा घिमिरे, भानुभक्त दाहाल, राजु घिसिङ प्रमुख प्रशिक्षक रहेका थिए भने योग प्रेमी परिवारका भिम प्रसाद आचर्य, पदम बहदुर कार्की , निरु भट्टराई , सुनोज श्रेष्ठ र भरत गुरुङले विभिन्न विषयको प्रशिक्षण प्रदान गरेका थिए।

बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारी प्रमुख आतिथ्यतामा भएको समापन कार्यक्रममा वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षता ग्रहण गरेका थियो। त्यसै वडा सदस्य तथा नगर कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनी , वडा सदस्य मिना बयलकोटी, इश्वरी भट्टराई , वडा सदस्य डिल्ली प्रसाद खतिवडा , समाजसेवी रवि प्रसाद पौडेल सहित विभिन्न व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन योगप्रेमी परिवार नेपालका महासचिव पदम बहादुर कार्कीले कुसल ढङ्गबाट गरेका थिए।

तालिममा शिक्षार्थीहरूतर्फबाट तालिमको अनुभवः यमुना थापा खड्काले प्रस्तुत गर्नु भएको थियो भने जेष्ठ नागरिकको तर्फबाट शिक्षार्थी राम क्षेत्रीले आफ्नो अनुभव प्रस्तुत गर्नु भएको थियो । तालिम प्रशिक्षकहरूलाई योग तथा प्राकृतिक चिकित्सक विषयविज्ञ डाक्टर हरिप्रसाद पोखरेल (मानसाग्नि) ले मार्ग निर्देशन गर्नु भएको थियो भने विशेष योगदान पुर्याउनु हुने रविप्रसाद पौडेल, इन्दिरा पौडेल, योग प्रशिक्षकहरू तथा सहयोगी प्रशिक्षकहरूलाई पनि सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रमका तस्वीरहरु





























