
म राजा हैन, प्रत्यक्ष कार्यकारी वयवस्था चाहान्छु।
म व्यवस्था हैन, अवस्था बदल्न चाहान्छु।
कुनै परिवारको दास हैन,
म पनि राजा बन्न सक्ने, मिल्ने वयवस्था रोज्छु।
तिमीलाई राजा चाहिन्छ?
हुन्छ, ल्याऊ राजा!
तर कुन राजा खोज्दै छौ तिमी?
सिंहासनमा बसेर राज गर्ने,
कि धरातलमा उभिएर देश बोक्ने?
मेरो घरको नजिकै छन्,
एउटा दलित दाइ, मेहनती र इमानदार।
के तयार छौ उनलाई राजा मान्न?
साँचै राजा चाहिन्छ भने,
माथिल्लो घरमा छन्,
एउटा किसान दाइ,
जसले खेतवारीलाई आफ्नो आँगन बनाएका छन्।
उनी राजा बन्न सक्दैनन्?
यदि अझै खोज्दै छौ,
उतापट्टि एउटी दिदी हुनुहुन्छ,
श्रमको गहना पहिरेर,
घरको उज्यालो बनाउने।
उनी रानी हुन सक्दिनन्?
ठीक छ,
सडकको पेटीमा बस्ने रामे काका छन्,
जसले पसिनाले धर्ती चुम्छन्।
के उनलाई राजा देख्न सक्छौ?
राजा आखिर को हो?
सिंहासनमा बस्नुपर्ने?
कि जनता बोक्ने साहस गर्ने?
म भन्छु, मलाई अमुक परिवार मात्र होइन,
म आफैं उभिने संसार चाहिन्छ।
जहाँ श्रमको सम्मान हुन्छ,
जहाँ हैसियतले होइन, कर्मले मान पाइन्छ।
तिमी भन्छौ, “म राजा होइन, दास बन्छु।”
तर स्वतन्त्रता त तिम्रो हातमा छ,
राजा बनिदेउ आफ्नै साहसले,
या आफैंलाई दास बनाउ, निर्णय त तिम्रै छ।
लेखिका: क्रिस्टिना अधिकारी
Wow great