
धनकुटा कुरुले तेनुपामा जन्मभुमी भइ काठमाडौं तथा अन्य क्षेत्रलाई कार्यथलो बनाइ बसोबास गर्ने कुरुलेलीहरुको नयाँ वर्ष २०८२ कुरुले तेनुपामा नै मनाउने निधो गरेको छ। तमोर पर्माकल्चर र जनहित असल शासन क्लबको संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना गरिएको हो।

चार दिने कार्यक्रम बैशाख तीन गते काठमाण्डौबाट रात्रिबसको यात्रा सङ्गौ सुरु भएर सात गते बिहान काठमाडौंमा आएर टुंगिने छ।

यात्रामा भेडेटारको स्वच्छ हृदय स्पर्शी हावालाई स्पर्श गर्दै चौबिसेको पर्यटकीय क्षेत्र राजारानीको रानी तालमा बोटिङ गर्ने,बन्दुके डाँडाको तमोर पर्माकल्चरबाट सुर्योदय र सुर्यास्तको अबलोकन गर्न पाइने छ। तमोर पर्माकल्चरमा बसेर लिम्बु संस्कृतिको ढोल नाच हेर्दै आफ्नो जन्म घर अथवा गाउँको अबलोकन गर्न सकिने छ।
नयाँ वर्षको अवसर पारी कुरुलेका पुत्र राष्ट्रिय व्यक्तित्व भूराजनीतिक विश्लेषक अरुणकुमर सुवेदी स्वयं सहभागी भएर गाउँमा पर्यटन, अर्थतन्त्र लगायत कुरामा वृद्धि ल्याउन सम्भावनाको खोजी गर्ने मात्र नभएर बिकासका योजना निर्माण गर्ने समेत कार्यक्रम तय गरिएको छ।

त्यसै गरि गोपाल घिमिरे, सूर्य चापागाईं, देबेन चेम्जोङ लगायत चर्चित कलाकारको साथमा साङ्गीतिक साझमा रम्नका साथै योग ध्यानको आनन्द पनि लिन सकिने जनहित असल शासन क्लब काठमाडौं जिल्ला शाखाका अध्यक्ष भानुभक्त दाहालले बताउनु भयो।


कुरुलेमा नै उत्पादित अर्गानिक खाद्यान्नको स्वाद लिने मात्र नभएर वसन्तको हरियाली वातावरणसंगै लालिगुरास अवलोकन, रुखदेखि आफैले काफल टिपेर खान सकिने व्यवस्था रहेको छ।

आफ्नै गाउँका गाउलेहरुसँगको सामुहिक यात्रामा कुरुलेको दिगो बिकासका सम्भावनाबारे बृहत छलफल गर्ने यात्राको उद्देश रहेको आयोजकले जनाएको छ।


आफ्नो स्थानपना कालदेखि नै जनहित असल शासन क्लबले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। कुरुले तेनुपालाई पर्यटनकिय क्षेत्रका रुपमा प्रवर्द्धन गर्न उक्त यात्राले टेवा पुग्ने देखिन्छ।


धरानदेखि कुरुलेतेनुपा सम्मको यात्रा व्यवस्थापन तमोर पर्माकल्चरले गर्नेछ भने योगप्रेमी परिवार नेपाल र डिग फर नेपालले सहकार्य गरेका छन्।